प्रदेशको बजेट विकास र समृद्धिमा : मुख्यमन्त्री राई


 


विराटनगर, ३० चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको बजेट जनताको विकास र समृद्धिमा खर्चिने बताउनुभएको छ ।
सुनसरीको वराहा नगरपालिका–७ मा ‘एन्टी स्नेक भेनम सेरन रिसर्च एण्ड म्यानुफेक्चरिङ प्रालि’को शुक्रवार शिलान्यास गर्दै उहाँले प्रदेश सरकारको तीन महिनाको बजेटले शिक्षा, स्वाथ्य, पर्यटन, विकास, औद्योगिक सुरक्षा, लगानीको वातवारण तथा सुशासनलाई जोड दिएको बताउनुभयो ।

उहाँले जनताको विकासको चाहनालाई मूर्तरुप प्रदेशको बजेटले दिने धारणा व्यक्त गर्दै अब प्रदेशमा विकास र समृद्धिको अभियान तीव्ररुपमा अगाडि बढ्ने बताउँदै जनताले अनुभूति गर्ने गरी आर्थिक समृद्धि र विकास निमार्ण हुने उल्लेख गर्नुभयो । सो उद्योग रु ८८ करोड ६३ लाख लागतमा स्थापना हुन लागेको उद्योगका अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलले बताउनुभयो । रासस

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्