वर्षाले मोरङ र सुुनसरीमा ३५ करोडको इँटा क्षति


 


विराटनगर, ३० चैत । केही दिनदेखि दैनिक रुपमा भइरहेको वर्षाका कारण मोरङ र सुुनसरीमा सञ्चालित इँटा भट्टामा रु ३५ करोड मूल्य बराबरको काँचो इँटा क्षति भएको छ ।

वर्षाका कारण इँटा भट्टामा पोल्नका लागि ठिक पारिएको काँचो इँटामा क्षति पुगेको हो । कोशी इँटा व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले पानीले काँचो इँटा काम नलाग्ने भएर क्षति पुुगेको बताउनुभयो । आनन्द इँटा उद्योग मोरङका सञ्चालक दिलीप वगडियाले वर्षाका कारण आफ्ना छ वटा इँटा उद्योगमा रु १० करोडभन्दा बढी क्षति पुुगेको बताउनुभयो । सुुनसरी र मोरङमा हाल ५३ वटा इँटा भट्टा सञ्चालनमा छन् । रासस

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्