हुम्लाबाट भागेर बैतडी पुगेका बालकको झुलाघाटबाट उद्धार
बैतडी, चैत ३०
हुम्ला घर भएका एक बालकको बैतडीस्थित नेपाल–भारत सीमानाका झुलाघाटबाट उद्धार गरिएको छ ।
घरमा थाहा नदिई भागेर भारत जाँदै गरेका हुम्लाको सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय गजेन्द्र बोहरालाई प्रहरीले बिहीबार उद्धार गरेको हो ।
गजेन्द्रको घरमा फोन सम्पर्क गर्दा भागेर गएको थाहा पाएपछि बालकको उद्धार गरी आफन्तलाई बुझाउने तयारी गरिएको सिमानाका प्रहरी चौकीका प्रमुख चक्रदेव पाण्डेले जानकारी दिनुभयो ।
प्रदेश नं ७ सुदूरपश्चिमका सात वटा पहाडी जिल्लालगायत जुम्ला, कालीकोट, हुम्लाका नागरिक सीमानाका झुलाघाट हुँदै भारत जाने गर्दछन् । रासस
प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार