सुनचाँदीको मूल्य घट्यो, कति छ आज ?


 


काठमाडौं, चैत ३०
दुई दिनसम्म लगातार उकालो लागेको सुुनको मूल्य आज तोलामा चार सय रुपैयाँले घट्दै प्रतितोला ५८ हजार पाँच सय रुपैयाँमा झरेको छ । हिजो सुन ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्