पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै


 


काठमाण्डौ, ३० चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शक्रुवार भारत जाँदै हुनुहुन्छ । पत्नी एवम् विदेश विभाग इन्चार्ज हिसिला यमी र बुवा भोजप्रसादसहित भारत जान लाग्नुभएका डा. भट्टराई एक साता उतै रहनुहुनेछ ।

नयाँ शक्ति पार्टीका अनुसार डा. भट्टराईले केही राजनीतिक कार्यक्रममा सहभागीता जनाउनुका साथै धार्मिक र पर्यटकीय स्थानहरुको भ्रमण पनि गर्नुहुनेछ । मिडिया सेन्टरले दिएको जानकारी अनुसार डा. भट्टराईले बैंगलोरमा आयोजित अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको कार्यकर्ता भेलालाई प्रशिक्षण दिनुहुनेछ । उहाँ नयाँदिल्ली, मुम्बई र तमिलनाडुसमेत पुग्ने र नेपालीहरुको समस्या समाधानका विषयमा परामर्श गर्ने नयाँ शक्तिले जनाएको छ ।

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्