ट्याक्टरको ठक्करबाट युवकको मृत्यु


 


मोरङ, ३० चैत । मोरङको बेलबारी नगरपालिका – ३ स्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टरको ठक्करबाट गम्भिर घाईते भएका एक युवकको उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

को १२ प ४६५९ नम्बरको मोटरसाइकललाई को १ त ९९१० नम्बरको ट्याक्टरले बुधबार राती ठक्कर दिएको थियो । ट्याक्टरले ठक्कर दिँदा गम्भिर घाईते मोटरसाइकलको पछाडी सवार ताप्लेजुङ, मैवाखोला गाउँपालिका –६ बस्ने १७ वर्षीय मिसेत लिम्बुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकलका चालक मोरङ सुन्दरहरैचा नगरपालिका –१० बस्ने १६ वर्षिय पवन राई र पछाडी सवार २० वर्षीय संगित राईको धरानमै उपचार भईरहेको छ । ठक्कर दिने ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्