पूर्व सांसदले नियम मिचेरै यसरी लिए पैसा


 


काठमाडौं, चैत ३०
अघिल्लो संसद्का सांसदहरुले ऐनविपरीत ४ करोड ९१ लाख ११ हजार रुपैयाँ लिएको पाईएको छ ।

संघीय ससद्का पदाधिकारी तथा सदस्यको पारीश्रमिक र सुविधासम्बन्धी ऐन लागु हुनु अगावै पुर्ववर्ती संसद्का सांसदहरुले बढाएर सुुविधा लिएका हुन् । नागरिकमा खबर छ ।

महालेखा परीक्षकको कार्यालयले विहीबार सार्वजनिक गरेको आर्थिक बर्ष २०७३, ७४ को वार्षिक प्रतिवेदनमा उक्त तथ्य उल्लेख छ । २०७३ साउन १ बाट नै सांसदले बढेको सुविधा लिन लागेका हुन् तर, २०७३ पुस ७ गतेमात्र सुविधा बृद्धिसम्बन्धी ऐन राजपत्रमा प्रकाशित भएको थियो ।

पुरानो कानुन्अनुसार नै सांसदहरुले दैनिक बैठक भत्ताबापत दुई सय, आवास भत्ताबापत मासिक ६ हजार ५ सय र परिवहन भत्ताबापत दैनिक १५० पाउँथे ।

सांसद्ले नयाँ ऐन कार्यान्वयन नहुँदै त्यसमा व्यवस्था भएबमोजिमको दैनिक बैठक भत्ता १ हजार, परवहनभत्ता १ हजार र आवसभत्ता मासिक १८ हजार रुपैयाँ अग्रिम रुपमा लिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्