कांग्रेस उपसभापतिमा गोपालमानको पनि दाबी, भन्छन्– देउवाले बचन पूरा गर्नुपर्छ


 


काठमाडौं, चैत ३०
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले आफूले पार्टी उपसभापतिमा दाबी नछाड्ने बताएका छन् । सभापति हुन योग्य र सक्षम व्यक्तिले उपसभापतिमा दाबी गर्नुलाई अनौठो ठान्न नहुने उनको भनाइ छ । नयाँ पत्रिकामा खबर छ ।

१५ वर्षअघि नै उपसभापति र कार्यबाहक सभापति भइसकेकाले अहिले उपसभापतिमा दाबी गर्नु स्वाभाविक भएको उनको भनाइ छ । ‘देउवाजीलाई १५ वर्षअगाडि तत्कालीन राजा ज्ञानेन्द्रले जेल हाल्दा कार्यबाहक सभापतिका रूपमा पार्टी चलाएको थिएँ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘अहिले उपसभापतिमा दाबी नगर्ने कुरै भएन ।’

उनले १३औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्दा देउवाले आफूलाई उपसभापति बनाउने आश्वासन दिएको श्रेष्ठको दाबी छ ।
उपसभापति हुन पहल गरेका नेता खुमबहादुर खड्काले पनि अन्तिमतिर उपसभापतिमा आफ्नो नाम सिफारिस गरेको श्रेष्ठको भनाइ छ ।

केही दिनअघि मात्र देउवाले आफूलाई महाधिवेशनअघि दिएको वचन सम्झाएको उनले बताए । उनले देउवाले पहिले दिएको बचन पूरा गर्नुपर्ने बताए ।

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्