देशलाई विकासंगै समृद्धि तर्फ अगाडी बढाउन आवश्यक : नेता नेम्वाङ


 


झापा, २९ चैत ।  नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले देशले चुनौती संगै अवसर पाएकाले अव चुनौतीलाई चिरेर अवसर प्राप्तिका लागि अघि बढ्नु पर्ने खाँचो रहेको औल्याउनुभएको छ ।

झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको प्रथम अधिबेशनको बिहिवार उद्घाटन गर्नुहुदै नेता नेम्बाङले देशलाई विकासंगै समृद्धि तर्फ अगाडी बढाउन सवैमा इच्छाशक्ति हुनुपर्ने बताउनुभयो । देशलाई परिवर्तनतर्फ रुपान्तरण गर्न सानातिना विवाद र समस्यालाई दलीय सहमति, सहकार्य गरि अघि बढ्नुको विकल्प नभएको उहाँको भनाई थियो ।

पूर्व सभामुख समेत रहनुभएका नेम्बाङले जनताले ७० बर्ष लामो आफनै संविधान आफै बनाउने चाहना पूरा भएकाले त्यसैलाई आधार वनाएर अव देशलाई समृद्धिको यात्रामा अगाडी बढाउन देशका सामु अवसर आएको बताउनुभयो । एक प्रसङमा नेता नेम्बाङले आदिवासी रंगशालालाई सवै जातजाति, धर्मावलम्बीहरुको साझा रंगशालाका रुपमा भावनात्मक विकास गर्न सरोकारवालाहरुलाई सुझाव दिनुभयो ।

प्रकाशित मिति: २९ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्