दमक नगरपालिकाद्धारा ११ कानुन पारित


 


झापा, २९ चैत । झापाको दमक नगरपालिकाको दोश्रो नगरसभाबाट ११ कानुन पारित भएका छन् । बिहिवार भएको नगरसभामा बिधेयक समिति संयोजक भिम पौडेलले बिभिन्न कार्यविधी, नियमावली तथा निर्देशीकाहरु निणयार्थ पेश गर्नुभएको थियो ।

उहाँले पेश गरेका दमक नगरपालिका न्यायिक समिति (कार्यविध) ऐन, कृषि तथा पशुपंछी उत्पादन र व्यवस्थापन कार्यविधी, शिक्षा नियमावली र स्थानीय बजार व्यवस्थापन नियमावली स्विकृत भएको छ । यसैगरी दमक खेलकुद निर्देशिका, आन्तरीक अनुगमन कार्यविधी, मानव संशाधन विकास कार्यविधि, स्थानीय विकास तथा परियोजना सञ्चालन निर्देशिका, विपन्नता पहिचान कार्यविधि, वस्ति विकास नीति तथा मापदण्ड पनि स्विकृत भएको छ ।

यस्तै भुमि व्यवस्थापन आयोगको नियमावली संशोधन भई घर जग्गा धनिपूर्जा नियमावली जारी भएको छ । नगरसभाबाट स्विकृत भएका कानुनहरु दमक राजपत्रमा प्रकाशन गरि कानुनको रुपमा कार्यान्वयन हुनेछ ।

प्रकाशित मिति: २९ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्