दुई दिनभित्र ह्वात्तै बढ्यो सुनको मूल्य


 


काठमाडौं, चैत २९
नेपाली बजारमा दुई दिनको समयमा सुनको मूल्य ह्वात्तै बढेको छ ।

हिजो मात्रै तोलमा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज फेरि थप पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो सुन ५८ हजार चारसय रुपैयाँमा कारोबार भएको थियो । त्यसको अघिल्लो दिन मात्रै सुन ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ५० रुपैयाँ कायम भएको छ । हिजो चाँदी सात सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्