मदन भण्डारी प्रतिष्ठानको अध्यक्षमा पुन : बराल


 


उर्लाबारी (मोरङ), २९ चैत ।  मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीको १७ औँ साधरणसभाबाट अध्यक्षमा पुन ःगुरूप्रसाद बराल निर्वाचित हुनु भएको छ ।

उर्लाबारी – ३ स्थित प्रतिष्ठानमा बुधबार राती सम्पन्न चुनावी कार्यक्रममा बराल अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा पितकुमार श्रेष्ठ, महिला उपाध्यक्षमा सुमित्रा भण्डारी, सचिवमा दिलप्रसाद राई, सहसचिवमा अग्नी भट्टराई र कोषाध्यक्षमा होमबहादुर थापा सर्वसम्मत निर्वाचित हुनुभयो । यस्तै महिला सदस्यमा बिद्या चाम्लिङ, सदस्यहरुमा पुष्पराज पोख्रेल, कुन्दन भट्टराई, बलराम गजुरेल, गोपालप्रसाद भट्टराई, शान्तिराम बराल, लिलादेवी ढुंगेल, दिपक कार्की, पुष्प ढकाल, खोदनाथ चाँपागाई र मुरारी सुवेदी चयन हुनुभएको छ ।

समितिको लेखा तथा अनुगमन संयोजकमा खोमप्रसाद बगाले तथा सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, नेत्रप्रसाद दाहाल, किशोरचन्द्र राई र दुर्गादेवी खनाल निर्वाचित हुनु भएको छ । साधारणसभा गत चैत १६ गते भएपनि मदन भण्डारी संग्रहालय उद्घाटन कार्यक्रमको व्यवस्तका कारण बुधबार मात्र निर्वाचन कार्यक्रम भएको थियो । साधरणसभाको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति: २९ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्