मोटरसाईकल चालकको मृत्यु


 


मोरङ, २९ चैत । मोरङको पथरीशनिश्चरे नगरपालिका – १० मा बुधबार राती रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाईकलको पछाडी सवार गम्भीर घाइते भएका छन् ।

डाँस खोला पुलको किनारमा विग्रिएर रोकिराखेको को २ त २४५९ नम्बरको ट्याक्टरको पछाडी पूर्वतर्फ आउँदै गरेको को १३ प ७७२९ नम्बरको मोटरसाइकल ठोक्किंदा चालक पथरीशनिश्चरे – ४ हसन्दह बस्ने ४८ वर्षिय हरिबहादुर केसीको उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार पथरीशनिश्चरे – ५ बस्ने २५ वर्षिय हेमराज खड्काको टाउकोमा चोट लागेर गम्भीर भएकाले सोही अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २९ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्