आईजीपीमा नियुक्त सर्बेन्द्र र शैलेन्द्रलाई दर्ज्यानी चिन्ह


 


काठमाडौ, चैत २९
नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दज्र्यानी चिह्न लगाइएको छ ।
गृह मन्त्रालयमा विहान एक समारोहकाबीच गृहसचिव प्रेमकुमार राईले महानिरीक्षकद्वयलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन्।

मन्त्रिपरिषदको मंगलबारको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्रको महानिरक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको थियो। दज्र्यानी चिह्न पाएसँगै दुवै आर्इजीपीले आजैदेखि कार्यभार सम्हाल्दै छन्।

प्रकाशित मिति: २९ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्