चियापानमा मात्रै सात अर्ब खर्च ! के होला देशको हालत ?


 


काठमाडौं, चैत २९
जंगली गिठ्ठा खाएर छाक टार्ने हाम्रो जस्तो गरिब मुलुकमा राज्यले चियापानमा मात्रै सात अर्ब रुपैयाँ खर्च गरेको छ ।

प्रत्येका नेपालीको नाममा २४,२७६ रुपैयाँ राष्ट्रिय ऋण छ । तर, महालेखापरीक्षकको प्रतिवेदनअनुसार आन्तरिक ऋण २ खर्ब ८३ अर्ब ९१ करोड र वैदेशिक ऋण ४ खर्ब १३ अर्ब ९८ करोड भएको राज्यले चियापानमा वर्षमा ६ अर्ब ९४ करोड खर्च गरेको छ । नयाँ पत्रिकामा खबर छ ।

महालेखानियन्त्रक कार्यालयबाट पेस भएको आर्थिक विवरणअनुसार विविध खर्चमा एक अर्ब १६ करोड ५० लाख बजेट विनियोजन भएकोमा ५९६ प्रतिशत वृद्धि गरी ६ अर्ब ९४ करोड ४१ लाख रुपैयाँ खर्च भएको हो ।

प्रकाशित मिति: २९ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्