उदयपुर सदरमुकाम गाईघाट बजार नजिकै बम बिस्फोट, एक घाईते


 


उदयपुर, चैत २८
गाईघाट बजारको हबाई फिल्डमा उदयपुरमा वम विस्फोटबाट एक बालक बालक घाइते भएका छन । बुधबार त्रियुगा नगरपालिका १३ को हवाई फिल्डमा वम विस्फोट हुदा १४ वर्षीय पारस राई घाइते भएका छन् ।

हवाई फिल्ड नजिक बेवारिसे संकास्पद झोला खेलाउने क्रममा रहेको वम विस्फोट हुँदा बालक घाइते भएको प्रहरीले जानकारी दिए। घाइते बालकको पेटमा गहिरो चोट लागेको छ ।

उनको जिल्ला अस्पताल गाईघाटमा उपचार हुँदै छ ।बम कसले र कीन पडकाएको भन्ने कुरा को यकिन नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २८ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्