रमेश खरेलको राजीनामा स्वीकृत


 


काठमाडौं, चैत २८
प्रहरी नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलले दिएको राजीनामा गृहमन्त्रालयले स्वीकृत गरेको छ ।

खरेलले आइजिपी नियुक्तीमा असन्तुष्टि जनाउँदै बुधबार विहान राजीनामा दिएका थिए।

सरकारले मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई आइजिपी नियुक्त गरेको थियो । खनालसँगै आइजिपीको दौडमा रहेका खरेलले आफ्नो मूल्यांकन नभएको भन्दै राजीनामा दिएका हुन् ।

आइजिपीको दौडमा रहेका पुष्कर कार्कीले भने सरकारको निर्णय स्विकार गर्ने बताएका छन् ।

प्रकाशित मिति: २८ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्