सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो ?


 


काठमाडौं, चैत २८
बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बृद्धि हुँदै प्रतितोला ५८ हजार चार सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बृद्धि हुँदै प्रतितोला सात सय ४५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला सात सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २८ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्