एकता संयोजन समितिको बैठक बस्ने तयारी


 


काठमाडौँ, २८ चैत्र । एकीकृत पार्टीको चुनाव चिन्ह र सांगठनिक सहभागीतामा कुरा नमिल्दा एमाले–माओवादी एकता प्रक्रियामा समस्या देखिएको छ ।

एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि छलफललाई निष्कर्षमा पुर्याउने बताएपनि अझै औपचारिक छलफल हुन सकेको छैन । दुई पार्टी सम्मिलित कार्यदलले प्रतिवेदन बुझाएपनि विवादित विषयमा टुंगो लगाउन शीर्ष तहलाई नै जिम्मा दिएको थियो । तर, शीर्ष तहमा एकता प्रक्रियाबारे ठोस छलफल हुन नसकेको नेताहरुले बताएका छन् । बुधबारका लागि बैठक बोलाइएको भएपनि अझै समय निर्धारण नभएको बताइएको छ । दुबै दल चुनाव चिन्ह र सांगठनिक सहभागीतामा सहमत हुन सकेका छैनन् । दुवै कार्यदलले प्रतिवेदन तयार गरी चैत २० मा प्रतिवेदन बुझाएका थिए । तर, चैत २० र २२ मा बसेको एकता संयोजन समितिका दुवै बैठकमा सहमति जुटेन ।

प्रकाशित मिति: २८ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्