रेडक्रसको ४७ औँ महाधिवेशन आजदेखि विराटनगरमा


 


मोरङ, २८ चैत । नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशन बुधबारदेखि विराटनगरमा सुुरु हुँदैछ । महाधिवेशनमा मुलुकभरबाट २ सय ७५ जना प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहने रेडक्रस सोसाइटीका अध्यक्ष संजिव थापाले बताउनुभयो ।

महाधिवेशनको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उद्घाटन गर्नु हुनेछ । महाधिवेशनले रेडक्रसलाई संघीय संरचनामा लैजानका लागि विधानको १७ औं संशोधन गर्ने अध्यक्ष थापाले बताउनुभयो । रेडक्रसले आगामी आर्थिक वर्षका लागि ५ अर्ब ८४ करोड बजेटको योजना तथा कार्यक्रम महाधिवेशनमा प्रस्ताव गर्ने तयारी भएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

रेडक्रसको अगामी वर्षको कार्यक्रम तथा योजनामा विपद व्यवस्थापन, स्वास्थ्य प्रबद्र्धन, प्रभावकारी रक्तसञ्चार सेवा, आँखा उपचार सेवा, स्वच्छ खानेपानी तथा सरसफाई, मानवीय मूल्य प्रबद्र्धन, संस्थाको संगठनात्मक सुदृढीकरण लगायतका विषयहरु छन् । नेपाल रेडक्रस सोसाइटीको मुलुकभरमा ७५ जिल्ला शाखा, १ हजार ५ सय १६ उपशाखा, ५ हजार १ सय ३५ जुनियर रेडक्रश सर्कल र १ हजार २ सय ४ युवा रेडक्रश सर्कलमा १० लाख ९० हजार सदस्य र १ लाख बढी स्वयंसेवक छन् ।

प्रकाशित मिति: २८ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्