१ नं. प्रदेशमा चट्याङ लागेर तीन जनाको मृत्यु


 


विराटनगर, २८ चैत्र । १ नम्बर प्रदेश अन्तर्गत उदयपुर, भोजपुर र झापामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।

उदयपुरको उदयपुरगढी गाउँपालिका–८ बस्ने ४८ बर्षिया कृष्णमाया तामाङको चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर उहाँको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङले उहाँकै भतिजी १५ बर्षिया सम्झना तामाङ घाइते भएकी छन् । उहाँको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको प्रहरी चौकी उदयपुरगढीले जानएको छ ।

यस्तै भोजपुरको षडानन्द नगरपालिका–२ भोटेछाप बस्ने २० बर्षिया मुना भट्टराईको आफ्नै घरमा चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । यता झापाको कचनकबल गाउँपालिका–१ कुटी बजार बस्ने ५५ बर्षिय महेशलाल यादवको चट्याङ लागेर मृत्यु भएको छ । मंगलबार राती ८ बजेतिर परेको चट्याङले उहाँ गम्भिर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्