ओलीको भ्रमण लगत्तै राजपाका दुई नेता भारतमा, संयोग कि पूर्वयोजना ?


 


 

नयाँदिल्ली, चैत २८
राष्ट्रिय जनता पार्टी नेपालका दुई शीर्षस्थ नेता स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्र राय यादव दिल्ली पुगेका हुन् । अन्नपूर्णमा खबर छ ।

यादव सोमबार नै दिल्ली आइपुगेका हुन भने र ठाकुर मंगलबार दिउँसो । ठाकुरलाई विमानस्थलमा राजपा पार्टीनिकट विद्यार्थी युनियनका प्रतिनिधीहरुले स्वागत गरेका थिए ।

ठाकुरको बुधबारदेखि हरियाणास्थित मेदान्ता अस्पतालमा उपचार शुरु गरिने पार्टी प्रवक्ता कृष्णा सिंह (राजपूत)ले जानकारी दिए । नेता ठाकुरको मुटुमा समस्या देखिएपछि सन् २०१६ जनबरीमा हरियाणास्थित मेदान्ता अस्पतालमा उपचार गराइएको थियो ।

मुटुको चाल सन्तुलित बनाउन सर्जरी गरेर पेस मेकर जडान गरिएको थियो । त्यसको चार महिनापछि उनी फलोअपका लागि मेदान्ता आएका थिए । मधेस आन्दोलन र निर्वाचन लगायत राजनीतिक व्यस्तताका कारण त्यसयता उनले चेकजाँच गराउन पाएका थिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने राजकीय भ्रमण सकेर काठमाडौं फर्केको दुइ दिन भित्र राजपाकाका दुई नेता उपचारकालागि दिल्ली आइपुगेका छन् । यो संयोग हो कि पूर्वयोजना भन्ने जिज्ञासामा प्रवक्ता सिंहले भने, ‘उहाँको चेकजाँच गराउने योजना प्रधानमन्त्रीको भ्रमणभन्दा अघिदेखि कै हो । बरु प्रमको भ्रमण भएका कारण उहाँको समयपछि सारिएको हो ।’

प्रधानमन्त्रप्रधानमन्त्रीको भ्रमणलगत्तै भएको दुई नेताको दिल्ली आगमनले राजनीतिक वृत्तमा चासो बढाएको छ । ठाकुर दिल्ली आएलगत्तै भारतीय राजनीतिज्ञहरुले उनको हालचालबारे खबर लिएको बुझिएको छ ।

प्रकाशित मिति: २८ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्