संघीयताको जगमा उभिएर विकास र समृद्धिको यात्रामा : मुख्यमन्त्री राई


 


इलाम, २७ चैत ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफूहरु संघीयताको जगमा उभिएर विकास र समृद्धिको यात्रामा अघि बढेको बताउनुभएको छ ।

शहीद रत्नकुमार वान्तवाको ३९ आंैँ स्मृति दिवसका अवसरमा मंगलबार इलामको चमयितामा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले सबै सम्भावनालाई परिचालन गरी शहीद र जनताको आकाङ्क्षाबमोजिम समृद्धिको यात्रा अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा एमाले नेता प्रदीप नेपालले वान्तवाले पुर्याएको योगदानअनुसार उहाँको सच्चा सम्मान हुनुपर्ने बताउनुभयो ।

सोही स्थानमा नवनिर्मित वान्तवा संग्रहालय र पुस्तकालयको उद्घाटनका साथै प्रगतिशील लेखक संघको तेस्रो राष्ट्रिय परिषद्को बैठक शुभारम्भ गरिएको छ । विसं २०३५ चैत २७ गते तत्कालीन पञ्चायत सरकारले वान्तवालाई गोली हानी हत्या गरेको थियो ।

 

प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्