आगलागीबाट रु १५ लाख बराबरको क्षति


 


इलाम, २७ चैत । इलाम नगरपालिका– ९ गोलाखर्कमा मंगलबार भएको आगलागीबाट रु १५ लाख बराबरको धनमाल क्षति भएको छ ।
स्थानीयवासी यामबहादुर भण्डारीको दुईतले घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।

दिउँसो घरमा कोही नभएको बेला आगलागी भएको बताइएको छ । विद्युत चुहिएर आगलागी भएको अनुमान गरिएको छ । इलाम नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीद्वारा आगो लागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भण्डारीको ढुङ्गामाटोले बनेको दुईतले घरसहित खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र अन्य सामग्री समेत जलेर नष्ट भएको छ । घर जलेपछि भण्डारी परिवारको बिचल्लीमा भएको छ । रासस

 

प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्