मन्त्रिपरिषदको बैठक बस्दै, आईजीपीको टुंगो लाग्न सक्ने


 


काठमाडौं, चैत २७
आज विहान आईजीपी नियुक्तिको टुंगो लगाउन नसकेको मन्त्रिपरिषद बैठक आज बेलुकी फेरि बस्न लागेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजीपीका नियुक्तिका लागि मन्त्रिपरिषद्को विहान बसेको बैठकले निर्णय गर्न नसकेपछि पुनः बैठक बस्न लागेको हो । नेपाल प्रहरीका बर्तमान आईजीपी प्रकाश अर्यालसहित एआईजीहरु उमेर हदक कारण बुधबारदेखि अवकास पाउँदैछन् ।

त्यस्तै, सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठको कार्यकाल पनि भोलि बुधबार सकिँदैछ ।

नेपाल प्रहरीमा वरियताका क्रममा पहिलो नम्बरमा डीआइजी सर्वेन्द्र खनाल छन् । तर, रमेश खरेल र पुष्कर कार्की पनि आइजीपीका लागि दाबेदार देखिएका छन् । सशस्त्र तर्फ आईजीपीका लागि शैलेन्द्र खनालको नाम चर्चामा छ ।

प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्