आईजीपीको टुंगो आजै लाग्न सक्ने, मन्त्रिपरिषद बैठक जारी


 


काठमाडौं, चैत २७
आज सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षकको टुंगो लगाउन सक्नेछ ।

यसै विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बसिरहेको छ। गृहमन्त्रालयले गठन गरेको बढुवा सिफारिस समितिको सिफारिसका आधारमा सरकारले महानिरीक्षक चुन्ने जनाइएको छ । तर, बढुवा सिफारिस समितिले कसको नाम सिफारिस गरेको छ भन्ने खुलाइएको छैन ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले उमेर हदका कारण अनिर्वाय अवकास पाउँदै छन् ।

अबको आईजीपीका लागि नेपाल प्रहरीमा डीआइजी सर्बेन्द्र खनाल, रमेश खरेल, पुस्कर कार्कीको नाम चर्चामा छ । सशस्त्र प्रहरीमा भने बरिष्ठताका आधारमा एआईजी शैलेन्द्र खनालको नाम चर्चामा छ । उनी नै महानिरीक्षक बन्ने बढी सम्भावना छ ।

प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्