चट्याङ परेर करेन्ट लाग्दा मृत्यु


 


संखुवासभा, २७ चैत ।  संखुवासभाको चिचिला गाउँपालिका– ४ डाँडागाँउ बस्ने १६ बर्षिय सूर्य राईको सोमबार राती करेन्ट लागेर मृत्यु भएको हो ।

उनकै मामा कमानसिंह राईको घरमा मोबाईल चार्जमा राखेर चलाउने क्रममा चट्याङ परेर करेन्ट लाग्दा गम्भिर घाइते भएका थिए । उनलाई उपचारका लागी स्थानिय स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी चिचिलाले जनाएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्