बन्यो सरुवासम्बन्धि नयाँ मापदण्ड, अब श्रीमान-श्रीमती एकै ठाउँमा


 


काठमाडौं, चैत २७
सरकारले कर्मचारी सरुवा सम्बन्धी नयाँ मापदण्ड बनाएको छ ।

जसअनुसार श्रीमान र श्रीमती दुवै सरकारी जागिरे भए अब सरकारले उनीहरुलाई सकेसम्म सँगै, नभए नजिकैको स्थानीय तह कार्यालयमा काम गर्न खटाउने भएको छ । नागरिकमा खबर छ ।

मापदण्ड छिटै मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको छ ।

देशभरका ७ सय ५३ स्थानीय तहका लागि ५७ हजार दरबन्दी स्वीकृत भएलगत्तै सरकारले त्यहाँ कर्मचारी खटाउन मापदण्ड तयार गरेको हो ।

प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्