प्रदेश ४ का मुख्यमन्त्रीको तलव ६१ हजार तोकियो, मन्त्रीको कति ?


 


पोखरा, चैत २७
प्रदेश ४ मा सोमबार बसेको संसद बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरुले पाउने पारिश्रमिक र अन्य सुविधाहरु पारित गरेको छ । बैठकले प्रदेश ४ को प्रदेश सभा (पहिलो संशोधन) नियमावली २०७४ पनि पारित गरेको छ । नयाँ पत्रिकामा खबर छ ।

यसअघि मुख्यमन्त्री र मन्त्रीहरुले पाउने पारिश्रमिक र अन्य सुविधाहरुका सम्वन्धमा बनेको विधेयक २ चैतमा बसेको मन्त्रीपरिषद वैठकले पारित गरी ५ चैतमा संसद सचिवालयमा दर्ता गरेको थियो ।

१२ चैतमा बसेको संसद बैठकमा टेवल भएको विधेयक १३ चैतमा बसेको संसद बैठकले सैद्धान्तिक सहमति कायम गरी केही संशोधन आवश्यक भए पनि त्यसको लागि सांसदहरुलाई ७२ घण्टाको समय दिइएको थियो ।

विधेयकमा कुनै संशोधन नपरेपछि १६ गतेको संसद बैठकले विधायन समितिमा पठाएको थियो । २३ गतेको बैठकमा विधायन समितिले विधेयकको केही शब्द संशोधन गरी प्रतिवेदन बुझाएको थियो ।

मुख्यमन्त्री स् मासिक तलव ६० हजार ९ सय ७०, आवासको व्यवस्था, गाडीका र गाडीका लागि मासिक २ सय ५० लिटर तेल, त्रैमासिक रुपमा १० लिटर मोविल, सञ्चार मासिक ५ हजार, अतिथि सत्कारमा मासिक ४० हजार, पानी र वत्तिको पैसा विलअनुसार ।

मन्त्री : मासिक ५२ हजार तलव, आवासको व्यवस्था गर्ने (यदि निजी घरमा कोही बसे मर्मतका लागि एकमुष्ठ १ लाख ५० हजार र फनिचरका लागि १ लाख दिने), गाडी र गाडीका लागि मासिक १ सय ५० लिटर तेल, त्रैमासिक रुपमा ५ लिटर मोबिल, सञ्चार मासिक २ हजार, अतिथि सत्कार मासिक १५ हजार, पानी र वत्तीको पैसा विल अनुसार ।

राज्य र साहायक मन्त्री : राज्यमन्त्रीले ४९ हजार र साहायकले ४७ हजार मासिक तलव पाउने छन् भने अन्य सेवा सुविधा बराबर पाउने छन् । आवासको व्यवस्था गर्ने (यदि कोही निजी घरमा बसे मर्मतका लागि एकमुष्ठ १ लाख २५ हजार र फर्निचरका लागि १ लाख दिने), गाडीका लागि मासिक १ सय २५ लिटर तेल, त्रैमासिक रुपमा ५ लिटर मोबिल, सञ्चारका लागि मासिक २ हजार, अतिथि सत्कार मासिक १०र१० हजार, पानी र बत्तीका लागि मासिक २ हजार ।

दैनिक भत्ता तथा विमा : मुख्यमन्त्रीले स्वदेश भ्रमण गर्दा दैनिक ३ हजार, विदेश भ्रमण गर्दा दैनिक २ सय ५० अमेरिकी डलर, मन्त्री, राज्य र साहायक मन्त्रीले स्वदेश भ्रमण गर्दा दैनिक २ हजार ५ सय र विदेश भमण गर्दा मन्त्रीले दैनिक १ सय ७५, राज्य र साहायक मन्त्रीले १ सय ५० अमेरिकी डलर भत्ता पाउने छन् । विमाका लागि प्रति भ्रमण सबैलाई १०र१० लाखको विमा गरिने ।

निजी सचिवालय : निजी सचिवालयका लागि मुख्यमन्त्रीले उप सचिव १, शाखा अधिकृत १ जना स्वकीय सचिव र २ जना कार्यलय सहयोगि राख्न पाउने छन । यसैगरी मन्त्री, राज्य र साहायक मन्त्रीले शाखा अधिकृत १र१ जना स्वकिय सचिव र कार्यालय सहयोगी १र१ जना राख्न पाउने ।

बैठकमा प्रदेश सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले संविधानको धारा १९८ को उपधारा १ र २ तथा प्रदेश ४ को प्रदेशसभा नियमावली २०७४ को नियम १२१ को २ क वमोजिम विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसपछि बैठकमा विधेयकमाथि छलफल भएको थियो ।

छलफलपछि पुनः चुमानले प्रदेश ४, प्रदेशसभा नियमावली २०७४ को नियम १२२ वमोजिम विधायन समितिको प्रतिवेदन सहित विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । त्यसपछि सभामुखले निर्णयार्थ बैठकमा पेश गरेको सो विधेयक बहुमतले पारित भएको थियो ।

संसदबाट पारित भएको विधेयक सभामुखले प्रमाणित गरेसँगै प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि राजपत्रमा प्रकाशित हुनेछ । राजपत्रमा प्रकाशित भएपछि मात्रै ऐन बन्ने र ऐन बनेपछि मात्रै सुविधाहरु मुख्यमन्त्री र मन्त्रीहरुले उपयोग गर्न पाउने छन् ।

प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्