श्वेतपत्रमा देखाए जस्तो मुलुकको अर्थतन्त्र कमजोर छैन : काँग्रेस


 


काठमाडौँ, २६ चैत । नेपाली काँग्रेसले श्वेतपत्रमा लेखिए जस्तो नेपालको अर्थतन्त्र कमजोर नभएको जनाएको छ । काँग्रेसद्वारा सानेपास्थित पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नैतिक इमान्दारिताभन्दा पर गएर संगतिरहीत सन्दर्भ गाँसेर श्वेतपत्रमा असन्तुलितरुपमा तथ्यांक प्रस्तुत गरी अबौद्धिक र अव्यवहारिक चरित्र देखाएको टिप्पणी गर्नुभयो ।

प्रवक्ता शर्माले भन्नुभयो, “राजनीतिकरुपमा हाम्रा भिन्न दार्शनिक वा मुद्दागत द्वन्द्व हुन सक्दछन् र छन् पनि तर आजका राजनीतिक उपलब्धि हामी सबैको साझा प्रयासको प्रतिफल हो, त्यसलाई संस्थागतरुपमा समृद्धिको दिशामा अघि बढाउनु काँग्रेसको कर्तव्य हो ।” दश वर्षको समयमा देशको अर्थतन्त्र बिग्रँनुमा काँग्रेस मात्र नभई अन्य कम्युनिष्ट पार्टी पनि जिम्मेवार छ, काँग्रेसद्वारा जारीे प्रेस विज्ञप्तिमा भनिएको छ, “मुलुकमा छ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्न काँग्रेसलाई नै अवसर जुरेको छ ।”

मुलुक वाह्य देशप्रतिको परनिर्भरता घट्दै गए पनि त्यसलाई श्वेतपत्रले समेट्न नसकेको उल्लेख गर्दै विज्ञप्तिमा विगतको २५ वर्षमा काँग्रेसले गरेको २२ उपलब्धिलाई समेटेको छ ।

 

प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्