झापामा काँग्रेसभित्र समग्र एकतामा नेताहरुको जोड


 


दमक, २६ चैत । नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्र समग्र एकता गर्न आवश्यक भएको औँल्याएका छन् ।
जनआन्दोलन दिवसका अवसरमा कांग्रेस दमक नगर समितिले पार्टी कार्यालयमा सोमबार आयोजना गरेको नगर सम्मेलनका क्रममा सहभागी नेताले अबको पाँच वर्षभित्र कांग्रेसभित्र दर्बिलो एकता हुनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा केन्द्रीय सदस्य गुरुराज घिमिरेले अब पाँच वर्ष जिम्मेवार प्रतिपक्ष भएर देश र जनताका समस्यासँग जुध्दै पार्टी संगठन सुढृढीकरणमा क्रियाशील हुनुपर्ने बताउनुभयो ।

जिल्ला सभापति उद्धव थापाले एक पटकको निर्वाचनमा पार्टी हार्दैमा कांग्रेस कमजोर नबन्ने जिकिर गर्नुभयो । सो अवसरमा कांग्रेस दमकले निकालेको नयाँ वर्ष–२०७५ को भित्ते पात्रो लोकार्पण गरिएको थियो । रासस

 

प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्