मोरङमा चट्याङ लागेर बृद्धको मृत्यु


 


मोरङ, २६ चैत । मोरङको जहदा गाउँपालिका – १ मा चट्याङ लागेर आज बिहान एक बृद्धको मृत्यु भएको छ । खेतमा मुसा मार्दै गर्दा चट्याङ लागेर सो गाउँपालिकाको वडा नम्बर ३ का ६० वर्षीय रामु मरन्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायव उपरीक्षक बिष्णुहरि कोईरालाले जानकारी दिनुभयो ।

मृतकको छात्तीमा चट्याङ लागेको प्रहरीको भनाइ छ । एउटा हातमा मरेको मुसा र अर्को हातमा कोदालो बोकेको अवस्थामा मरन्डीको शव फेला परेको प्रनाउ कोईरालाले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्