लागूऔषध गाँजासहित पक्राउ


 


मोरङ, २६ चैत्र । मोरङको बेलबारी नगरपालिका– ५ कसेनीबाट आईतबार साँझ प्रहरीले डेढ किलो लागुऔषध गाँजासहित सोही ठाउँका ५५ वर्षीय प्रकाश चौधरीलाई पक्राउ गरेको छ ।

चौधरीले आफ्नै घरमा गाँजा बेच्ने गरेको भन्ने विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्