सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, चैत २५
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत नै छ । आज चाँदीको मूल्य प्रतितोला सात सय ४० रुपैयाँ छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्