राजकीय भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किदै, के–के भए उपलब्धी ?


 


काठमाडौं, चैत २५
भारतको तीन दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली भ्रमण पूरा गरी आज स्वदेश फर्किदै छन् । ओली नेपाल वायु सेवाको विमानबाट साँझ स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्वदेश फर्कनुअघि ओली उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ । जहाँ प्रधानमन्त्री ओलीलाई मानार्थ विद्याबारिधिबाट विभूषित गरिने छ । भ्रमणका क्रममा ओलीले विभिन्न राजनीतिक भेटघाट तथा सम्झौता गरेका छन् ।

प्रधानमन्त्री ओली गत शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणमा गएका थिए ।

के हो भ्रमणको उपलब्धी ?
प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका क्रममा जलमार्गबाट सामान ओसार–पसार गर्ने सम्झौता, रक्सौल काठमाडौं जोड्ने रेल्वे लिंकसम्बन्धी सम्झौता र कृषिमा नयाँ साझेदारी गर्ने मुख्य तीन लिखित सम्झौता गरेका छन् ।

यसबाहेक मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको नेपाल भारतका प्रधामन्त्रीले संयुक्त उदघाटन गरेका छन् । त्यसैगरी वीरगञ्जमा भारतले बनाएको एकीकृत भन्सार जाँच चौकी नेपाललाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति: २५ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्