डीपीएल २ः पहिलो खेल स्थगित, दोस्रो खेल पनि अनिश्चित


 


धनगढी, चैत २४
गएराती परेको वर्षासंगै चलेको हावाहुरीका कारण धनगढी प्रिमियर लीगको आजको पहिलो खेल स्थगित भएको छ ।

खेल मैदान खेल्न योग्य नभएपछि विहान ९ बजेबाट ११ बजे खेल सारिएपनि मौसममा सुधार नदेखिएपछि पहिलो खेल स्थगित गरिएको हो । आजको पहिलो खेल महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीच तय गरिएको थियो ।

खेल स्थगित भएपछि दुबै टीमले अंक बाँडेका छन् । दोस्रो खेल पनि हुने नहुने कुनै टंगो नभएको प्रतियोगिता आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाष शाहीले बताए ।

दोस्रो खेल साविक विजेता टिम चौराहा धनगढी र रुपन्देही च्यालेन्जर्सबीच दिउँसो १ बजे खेल तोकिएको छ । तर, अझै मौसममा सुधार हुने स्थिति देखिएको छैन ।

खेल समयवधिभर मौसममा सुधार हुँदै गएमा मात्रै कम ओभर खेलाएर दोस्रो खेल हुने सम्भावना छ । नत्र भने दोस्रो खेल पनि स्थगित हुने सम्भावना देखिएको छ ।

 

प्रकाशित मिति: २४ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्