एमाले माओबादी एकतासभामा कति कार्यकर्ता उतारिदैछ ? यस्तो छ तयारी


 


काठमाडौं, चैत २३
एमाले–माओवादीले लाखौँ जनताबीच पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन् ।

एकता संयोजन समितिको बिहीबारको बैठकले ९ वैशाखमा हुने घोषणासभामा लाखौँको उपस्थिति गराउने गरी गृहकार्यमा लाग्ने निर्णय गरेको छ । नयाँ पत्रिकामा खबर छ ।

एकताको माहोल व्यापक बनाउन दुवै पार्टीले कार्यकर्तास्तरसम्म सर्कुलर गर्ने भएका छन् । एमाले नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लाखौँ नेता–कार्यकर्ताबीच पार्टी एकताको तयारी भइरहेको बताए ।तर, एकता सभाका लागि ठाउँ र समय भने तय भइनसकेको उनले बताए ।

‘हामी कम्तीमा ५ लाख जनताको उपस्थितिमा महाधिवेशन घोषणा सभाजस्तै गरेर पार्टीको एकता सभा गर्दै छौँ,’ एमाले उपमहासचिव विष्णु पौडेलले नयाँ पत्रिकासँग भने ।

माओवादी अध्यक्ष प्रचण्डले पनि एकता घोषणा सभा बृहत जनताका बीचमा गरिने बताए । चुनाव चिह्न र सांगठनिक प्रतिनिधित्वको विषय प्रधानमन्त्री भारतबाट फर्किएलगत्तै टुंगो लाग्ने प्रचण्डको दाबी छ ।

प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्