मोरङमा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु


 


मोरङ, २३ चैत । मोरङको बेलबारी नगरपालिका–३ स्थित पूर्व पश्चिम राजमार्गमा बिहिवार राती मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प ७४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किदा मोटरसाईकलको पछाडी सवार सुनसरी, धरान – १७ बस्ने ३० वर्षिय संजिव विश्वकर्माको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भिर घाईते भएका विश्वकर्माको धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गएराती १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कट्वालले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकलका चालक धरान – १७ कै २२ बर्षिय बिजय विश्वकर्मा गम्भिर घाइते भएकाले उहाँको धरानमै उपचार भईरहेको छ ।

प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्