१ नं. प्रदेश सरकार बजेटको तयारीमा


 


विराटनगर, २२ चैत ।  प्रदेश नं १ को सरकारले यही चैत २९ मा चालु आर्थिक वर्ष ०७४/७५ को बाँकी अवधिका लागि बजेट ल्याउने भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङवोले बिहिवार पत्रकारहरूलाई जानकारी दिँदै बजेट तीन महिनाको हुने बताउनुभयो । उहाँले छोटो समयका लागि ल्याउन लागेको बजेट अनुदानमा आधारित हुने जानकारी दिनुभयो ।

मन्त्री आङवोले विकास निर्माणमा बजेट खर्च गर्ने समय नभएकाले सानो आकारको बजेट ल्याउन लागिएको बताउनुभयो ।  बजेट ल्याउन आर्थिक कार्यविधि विधयेक प्रदेश प्रमुखबाट आज जारी भएपछि बजेट निर्माणको कानुनी बाटो खुलेको हो ।  मन्त्री आङवोले उक्त बजेट विकास निर्माणका अध्ययन, नदी, बाढी र पहिरो नियन्त्रणका लागि केन्द्रित हुने जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: २२ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्