भोजपुरमा पहिरोमा परी एकको मृत्यु


 


भोजपुर, भदौ १९
भोजपुरमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने एक गम्भिर घाइते भएका छन् । शनिबार विहान खेतबाट फर्कने क्रममा साङपाङ गाविस–४ मा गएको पहिरोले सोही ठाउँकी ४४ बर्षिय निलम राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले उनका श्रीमान नारायण राईको देब्रे खुट्टा भाँचिएको छ । उनको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने थप उपचारका लागि अन्यत्र लाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घर फर्कदै गरेका राई दम्पती माथिबाट खसेको पहिरोमा परेका हुन् । पहिरोले त्यहाँ रहेको खेत समेत बगाएको प्रहरी निरिक्षक आमोद कुमार खेरवारले बताए ।

यो पनि पढ्नुहोस्

भोजपुरमा बाढी पहिरोले करोडौको क्षति

प्रकाशित मिति: १९ भाद्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्