सुनको मूल्य फेरि घट्यो 


 



काठमाडौं, चैत २२
उकालोपछि हिजोदेखि ओरालो लागेको सुनको मूल्य आज थप घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला सात सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्