एकीकरण प्रक्रियाले छिट्टै मूर्तरुप लिन्छ : नेता खनाल


 


काठमाडौँ, २१ चैत । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा स्थायित्व र समृद्धिका लागि गठबन्धनको एकीकरण प्रक्रियाले छिट्टै मूर्तरुप लिने बताउनुभएको छ ।

नेपाल खेलकुद महासंघ र अखिल नेपाल खेलकुद महासंघले संयुक्तरुपमा काठमाण्डौमा बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले एकीकरणका लागि आवश्यक गृहकार्य करीव पूरा भइसकेकाले बिहीबार बस्ने एकता संयोजन समितिको बैठकले महत्वपूर्ण निर्णय लिनसक्ने बताउनुभयो । सो प्रक्रियाले सबै नेतालाई न्यायोचित ढंगले जिम्मेवारी प्रदान गर्ने बताउँदै त्यसपछि खेलकुद क्षेत्र पनि व्यावसायिकरुपमा अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस

प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्