नदी कटान समस्या समाधानका लागि प्रतिबद्धता


 


कञ्चनपुर, २१ चैत । खानेपानीमन्त्री बिना मगरले स्थानीय बाटोघाटो, नदी कटान, हात्ती आतंकलगायत समस्या समाधानका लागि तत्काल काम अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

लालझाडी गाउँपालिका कार्यालयले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकासको मुख देख्न नपाएको सो गाउँपालिकाको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालन भइरहेको स्तन तथा पाठेघरको मुखको अर्बुद जाँच शिविरका क्रममा मन्त्री मगर लालझाडी पुग्नुभएको हो । रासस

प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्