एमालेद्धारा केन्द्रीय कमिटीको बैठक आह्वान


 


काठमाडौं, २१ चैत ।  नेकपा एमालेले वैशाख ७ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यस्तै वैशाख ६ गते पोलिटब्यूरो बैठक बस्ने छ ।

बुधबार बसेको स्थायी समिति बैठकले बैशाख ६ गते पोलिटब्यूरो बैठक र ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । बैठकले कमरेड जेपी भेटवालको निधनमा शोक प्रस्ताब पारित गरेको छ ।

बैशाख ९ गते माओवादीसँग पार्टी एकताको घोषणा गर्ने तयारीमा रहेको एमालेले त्यसअघि केन्द्रीय कमिटी बैठक बोलाएको हो । वैठकमा अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग एकताका लागि संयोजन समितिको कार्यदलले मंगलबार बुझाएको प्रतिवेदनबारे जानकारी गराउनुभयो ।

प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्