सुनको मूल्य घट्यो, कतिमा झर्यो आज ?


 


काठमाडौं, चैत २१
बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ४० रुपैयाँमा झरेको छ । हिजो चाँदी सात सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्