एमालेको स्थायी कमिटी बैठक बस्दै, के हुँदैछ निर्णय ?


 


काठमाडौं, चैत २१
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय मुख्यालयमा दिउँसो ३ बजे बस्ने तय गरिएको पछ ।

बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमण, पार्टी एकतालगायतका विषयमा छलफल हुने एमाले सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार बैठकमा पार्टी एकताका लागि बनेको राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले संयोजन समितिमा बुझाएको प्रतिवेदनमाथि पनि सामान्य छ ।

कार्यदलले बैशाख ९ गतेका दिन पार्टी एकता गर्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन हिजो पार्टी एकता संयोजन समितिलाई बुझाएको थियो । यसअघि भने दुई दलले प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि नै एकता गर्ने जनाएका थिए ।

प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्