घरमा आगलागी हुँदा चार लाख बढीको क्षति


 


खोटाङ, २१ चैत्र । खोटाङको खोटेहाङ गाउँपालिकाको धनमुडा बस्ने प्रेमबहादुर तामाङको घरमा मंगलबार राती आगलागी भएको छ ।

राती १० बेजतिर लागेको आगोले उहाँको ढुङगा माटोले बनेको दुई तले घर, घर भित्र भएको सम्पूर्ण सामान तथा नजिकै रहेको गाईबस्तु बाँध्ने गोठ समेत जल्दा अन्दाजी ४ लाख ३० हजार बराबरको क्षति भएको बताइएको छ । आगोलाई प्रहरी र स्थानियबासीको सहयोगमा राती १ बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ ।

 

प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्