उदयपुरमा टिफर दुर्घटनामा सह–चालकको मृत्यु


 


उदयपुर, २१ चैत । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ मौवासिदेवान स्थित गाईघाट–कटारी सडकमा मंगलबार राती टिफर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ ।

नेपालटारबाट कटारीतर्फ जाँदै गरेको ना ४ ख १८६० नम्बरको ढुंगा बोकेको टिफर राती ८ बजेतिर अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको थियो । दुर्घटनामा टिफरका सह–चालक त्रियुगा नगरपालिका–४ बगाहा बस्ने २२ बर्षिय सुबोध परियारको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिफरका चालक भने फरार रहेकाले उनको खोजी भइरेहको छ ।

प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्