२०७५ सालमा कति छ सार्वजनिक विदा ? हेर्नुहोस बर्षभरीको विदा तालिका


 


काठमाडौं, चैत २०
आगामी विं सं २०७५ सालका लागि नेपाल सरकारले सावर्जनिक विदाको सूची प्रकाशित गरेको छ । सार्वजनिक विदाको सूची सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

जसअनुसार २०७५ सालमा ५३ वटा शनिबार सार्वजनिक विदा परेका छन् । यो सहित २०७५ सालमा ८९ दिनमात्र सार्वजनिक विदा हुने भएको छ ।

सरकारले आगामी वर्ष २०७५ सालमा यसअघि दिइदै आएका विदामा केही कटौती गरेको हो । बिदासम्बन्धी बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विदा कटौतीको निर्णय गरेको थियो ।

यो बर्ष१०४ दिन सार्वजनिक विदा दिइएको थियो । यसमा सबैका लागि ६७ दिन र कुनै खास धर्म र सम्प्रदायका लागि हुने विदा २२ दिन छ ।

अब अर्को वर्ष सरकारी कार्यालय २२ दिन बढी खुल्ने भएकाछन् ।

हेर्नुहोस् सार्वजनिक बिदाको सूची

प्रकाशित मिति: २० चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्