पत्रकारलाई प्रदेश समितिको चुनाव लाग्यो


 


मोरङ , २० चैत । नेपाल पत्रकार महासंघ मोरङले १ नं. प्रदेशको कार्यसमिति निर्वाचनका लागि मंगलबार निर्वाचन समिति निर्माण गरेको छ ।
विराटनगरस्थित पत्रकार महासंघको कार्यालयमा बसेको जिल्ला समितिको बैठकले महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहालको संयोजकत्वमा समिति निर्माण गरेको हो ।

समितिको सदस्यहरुमा महासंघ मोरङकी उपाध्यक्ष इन्दिरा भट्टराई र मोरङ बार एसोसिएसनका अध्यक्ष वा निजले तोकेका एक जना प्रतिनिधि रहनेछन् । पत्रकार महासंघको प्रदेश कार्यसमितिका लागि आगामी वैशाख २२ गते निर्वाचन हुँदैछ । प्रत्यक्ष निर्वाचन पद्धतीबाट हुने निर्वाचनको मनोनयन विराटनगरमा हुनेछ भने मतदान १४ वटै जिल्लामा हुनेछ ।

वैशाख ७ गतेभित्र हुने मनोनयन पछि मतगणना गरेर केन्द्रमा पठाउँदासम्म निर्वाचन समितिले काम गर्नुपर्नेछ । यस्तै महासंघ मोरङले सदस्यता नविकरणको काम तीब्र पार्ने निर्णय गरेको छ । चैत २५ गतेसम्ममा साधरण सदस्यले नविकरण नगरे वैशाख २२ गते हुने निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने प्रदेश कार्यसमिति निर्वाचन (कार्यविधि) निर्देशिका–२०७४ मा उल्लेख छ । सोही अनुसार सदस्यहरुलाई समयमै सदस्यता नविकरण गर्न महासंघले आग्रह गरेको छ ।

प्रकाशित मिति: २० चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्